काठमाडौं । विपद् विज्ञहरुले नेपालमा विपद्का जोखिमहरु बढीरहेको भन्दै आवश्यक साधवानी अपनाउन आग्रह गरेका छन् ।

काठमाडौंमा बुधवार भएको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनमा सांसदहरुको भूमिका विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै डा. रञ्जनकुमार दाहालले नेपालमा जलवायु परिवर्तनका कारण विपद्जन्य घटनाहरु बढिरहेको भन्दै आवश्यक सावधानी अपनाउन आग्रह गरे ।

उनले नेपालमा जलवायु परिवर्तनका कारण दुधकोशी, खुम्बु, लिखु, मेलम्ची लगायतका नदीका मुहानहरुमा हिमताल फुट्ने र पहिरो जाने क्रम बढ्दै गइरहेको बताए ।

उनले विपद्जन्य घटनाहरुलाई क्रम गर्नेकुरामा सरकारले आवश्यक नीति ल्याएर विपद्का घटनाहरु कम गर्नेकुरामा ध्यान दिनुपर्ने बताए ।

भौतिक संरचनाहरु बनाउँदा पनि आवश्यक र दूरगारी अध्ययन हुन नसक्दा यस्ता समस्याहरु दिनप्रतिदिन बढ्दै गइरहेको उनको भनाइ छ ।

विपद् जोखिम न्युनिकरणका लागि बाँकी रहेका जोखिमहरुको पहिचान गरी विस्तृत योजना बनाइ स्थानीय निकायहरुसँग मिलेर अघि बढ्न दाहालले सुझाव दिए ।

विपद् जोखिम न्युनिकरणका लागि अल्पकालीन, मध्यकालीन र दीर्घकालीन योजना बनाएर अघि बढ्न जरुरी भइसकेको कार्यक्रममा बताइएको थियो ।

14
Shares
२७ पुष २०७९, बुधबार १४:२५