विराटनगर । सञ्चारकर्मी सञ्चार सहकारी संस्था लिमिटेडले आफनो ११औँ साधारण सभाका अवसरमा उत्कृष्ट ऋणी र बचनकर्तालाई सम्मान गरिएको छ । पत्रकारको आर्थिक स्थायित्व र उन्नतिका लागि ११ वर्षअघि सञ्चार सहकारी संस्था स्थापना भएको थियो ।
कार्यक्रममा श्यामसुन्दर सुतिहार, चिना थापा, भोजराज घिमिरेलगायतलाई सम्मान गरिएको हो ।कार्यक्रममा पत्रकार महासंघ प्रदेश १ अध्यक्ष लीलाबल्लभ घिमिरेले सञ्चारकर्मीलाई आवश्यक उपकरण किन्न सहुलियतमा ऋणको व्यवस्था गर्न सुझाव दिए ।
महासंघ मोरङका अध्यक्ष सञ्जीव खनालले सहकारी विराटनगर केन्द्रीत मात्र नभइ व्यापक हुन सुझाव दिए ।प्रदेश प्रमुख पर्शुराम खापुङ्घको प्रमुख आथित्यमा सञ्चालन भएको साधारण सभा उद्घाटनका क्रममा प्रदेश सरकारले पत्रकारद्वारा पत्रकारकालगि सञ्चालनमा गरिएको सहकारीलाई सहयोग गर्नुपर्नेमा जोड दिइएको थियो ।
प्रदेश प्रमुख खापुङले सहकारीले व्यक्ति, समाज र सिंगो राष्ट्रको उन्नतिमा महत्वपूर्ण योगदान दिने हुँदा सञ्चारकर्मीद्वारा सञ्चालित सहकारी उदाहरणीय हुनुपर्ने बताए ।
यसैबीच, साधारणसभाबाट संस्थाका अध्यक्षमा दीपक दाहाल, उपाध्यक्षमा महाप्रसाद खतिवडा, सचिवमा विजयहरि खतिवडा र कोषाध्यक्षमा चिना थापा चयन भएका छन् ।
यसैगरी, सदस्यमा बाबुराम भण्डारी, शान्ति दाहाल, मुकेश यादव, राजेश राजवंशी, भोजराज घिमिरे, लेखा समिति संयोजकमा अविनाश निधि, सदस्यहरूमा हरि अधिकारी र उत्तम पोखरेल निर्वाचित भएका छन् ।
