विराटनगरले दिएको १ सय ६८ रनको लक्ष्य जनकपुरले १९.१ ओभरमा अलआउट हुँदै १ सय २८ रन बनायो ।
विराटनगरका लागि चाडविक वाल्टनले ४७ बलमा ५१ रनको अर्धशतकमा राज नाननको बलमा एलबीडब्लु आउट गराए । वाल्टनले ६ चौका प्रहार गरे ।पहिलो विकेट ४ रनमा गुमाएको जनकपुरका लागि दोस्रो विकेटका लागि कप्तान ट्राभोन ग्रिफिथ र चाडविक वाल्टनले ५६ रनको साझेदारी गरे ।
कप्तान ट्राभोन ग्रिफिथले ३४ रन बनाउँदा खडक बोहोराले १४ रन बनाए । अन्य खेलाडीले दोहोरो अंकमा रन बनाएनन् ।जनकपुरका लागि राज नाननले ४ ओभरमा २८ रन दिएर ३ विकेट लिए । कियोन जोसेफले ३ तथा नन्दन यादवले २ विकेट लिए । सूर्य तामाङले १ विकेट लिए ।
त्यसअघि पहिले ब्याटिङ गरेको विराटनगरले २० ओभरमा ६ विकेट गुमाएर १ सय ६७ रन बनाएको हो ।
विराटनगरका लागि गौरान्शु शर्मा ४२ रनमा आउट हुँदा अर्जुन साउदले ३५ रन बनाए । राज नाननले ३३ रन बनाउँदा हुसेन तलत ३१ रनमा आउट भए । अमरसिंह राउटेलाले छक्का हान्दै पहिलो ईनिङ सकाएका थिए ।
जनकपुरका लागि जितेन्द्र मुखियाले २ तथा सोमपाल कामी,सरफुदिन असरफ,ललित नारायण राजवंशी र शमीउल्लाह शिनवारीले समान ११ विकेट लिए ।
विराटनगरले फाइनलमा लुम्बिनी अल स्टारसँग खेल्नेछ । पहिलो क्वालिफायरमा जित निकाल्दै लुम्बिनीले फाइनलमा स्थान पक्का गरिसकेको छ ।
लिगको विजेताले ५५ लाख पाउने छ । यस्तै उपविजेताले ३० लाख नगद पुरस्कार प्राप्त गर्नेछ भने तेस्रो हुनले १० लाख र चौंथोले ५ लाख पाउने छ।