गगन नुनिया
विराटनगर । विराटनगर विमानस्थलले यात्रुहरुलाई सहजताको लागि ‘कन्भेयर बेल्ट’ बनाउन थालेको छ ।

पुस २१ गतेदेखि कन्भेयर बेल्टको निर्माण भइरहेको हो ।

विमानस्थलका सूचना अधिकारी युवराज भण्डारीका अुसार कन्भयर बेल्ट भनेको विमानस्थलमा यात्रुहरुले ल्याएका सामानहरु हावाइजहाजका कर्मचारीबाट हाताहात लिने नभई विशेष तरिकाले लिन सकिने संरचना हो ।

बेल्ट ओभल आकारको हुन्छ । वरिपरी घुमिरहेको हुन्छ । त्यसमा यात्रुका सामानहरु राखिएको हुन्छ ।

यात्रुलाई आफनो सामानहरु लिन सहज हुन्छ भनेर त्यस्तो प्रविधि बनाइएको हो ।

‘विमानस्थलमा सामानहरु छिटो छरितो ओसार प्रसार गर्नका निमित्त यो प्रविधि जडान गर्न थालिएको छ’ भण्डारीले भने ।

उक्त बेल्ट माघको पहिलो साताबाट सञ्चालनमा आउने भण्डारीले बताए ।

कन्भेयर बेल्टडको लम्बाइ ४२ मिटर र चौडाइ ३.४ मिटर छ ।

२६ सय किलो बराबरको समान थेगने क्षमता रहेको भण्डारीले बताए ।

२ करोडको लागतमा त्यस्तो प्रविधि जडान भइरहेको जनाइएको छ ।

कन्भेयर बेल्ट प्रोजेक्ट म्यानेजर राजन भुसालका अनुसार अब यात्रुका सामान सहज रुपमा लिनका लागि कुनै समस्या हुने छैन ।

3.96k
Shares
२६ पुष २०७९, मंगलवार १३:५५