वायुसेवा सञ्चालक संघका अनुसार काठमाडौंबाट धनगढीको उडानमा सबैभन्दा धेरै ८ सय ८५ रुपैयाँ भाडा घटेको छ ।
यसअघि यो रुटमा यात्रुले हवाई इन्धनका लागि मात्र ८ हजार ३९५ रुपैयाँ तिरिरहेकोमा अब ७ हजार ५१० रुपैयाँ तिरे पुग्नेछ । यससँगै धनगढीको अधिकतम भाडा १६ हजार १४० रुपैयाँमा झरेको छ ।यस्तै, काठमाडौंबाट भद्रपुरका लागि ६००, विराटनगरलाई ४८५, जनकपुरका लागि २६०, भरतपुरका लागि २१५ र पोखराका लागि ३२० रुपैयाँ घटेको छ ।
काठमाडौंबाट भैरहवाका लागि ४१०, नेपालगन्जको लागि ६५५, तुम्लिङटारका लागि ३७०, सिमराका लागि १८०, सुर्खेतका लागि ६९० र राजविराजका लागि ४११ रुपैयाँ भाडा घटेको छ ।यो भाडादर पुस २७ गतेबाट बाट लागू हुने संघले जनाएको छ । नेपाल आयल निगमले आइतबार हवाई इन्धनको मूल्यमा प्रतिलिटर २० रुपैयाँ घटाएको थियो ।