विराटनगर । नवगठित प्रदेश १ मन्त्रिपरिषद्को पहिलो बैठकले प्रदेश सरकारको मन्त्रालयको संख्या घटाउने निर्णय गरेको छ । मन्त्रालयको संख्या ९ वटा बनाउने प्रक्रिया थाल्ने निर्णय गरिएको हो ।

विराटनगरस्थित मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा बसेको पहिलो बैठकले १३ वटा मन्त्रालयको संख्या घटाएर नौवटा बनाउने प्रक्रिया थाल्ने निर्णय गरेको हो ।

बैठकले प्रशासनिक सुधार गर्ने, सार्वजनिक खर्च कटौती गरि मितव्ययिता कायम गर्ने, शीतलहरबाट जनतालाई जोगाउन पूर्वतयारी गर्ने निर्णय पनि गरेको छ ।

यसैगरी सेवा प्रवाह सुधार ल्याउनका लागि प्रमुख सचिवको नेतृत्वमा २१ दिनभित्र प्रतिवेदन बुझाउने गरी सुधार समिति गठन गर्ने, प्रदेशको मन्त्रालयको संरचना घटाउने र नौवटा बनाउने लगायतको निर्णय गरेको हो ।

मन्त्रालय र मन्त्रीहरु धेरै भएको जनगुनासोलाई विचार गरेर मन्त्रालयको संख्यालाई घटाएर नौ वटामा कायम गर्न प्रक्रिया सुरु गर्ने निर्णय गरिएको मन्त्री भक्तिप्रसाद सिटौलाले जानकारी दिए ।
49
Shares
२६ पुष २०७९, मंगलवार ०७:५५