गगन नुनिया

विराटनगर । विराट गोल्डकप फुटबल प्रतियोगिताको छैटौं संस्करण चैत ६ देखि हुने भएको छ । विराटनगरको शहिद रंगशालामा हुने प्रतियोगिताबारे सोमबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको हो ।

विराट गोल्डकप ट्रस्टले सोमबार विराटनगर महानगर प्रमुख नागेश कोइरालालाई प्रतियोगिताको संयोजकको जिम्मेवारी दिएको छ ।

महेन्द्र गोल्डकपका नाममा २०१८ सालदेखि सञ्चालन हुँदै आएको यो प्रतियोगिता २०६२–६३ को राजनीतिक परिवर्तनपछि २०६७ देखि विराट गोल्डकपको नाममा सञ्चालन हुँदै आएको छ ।

ट्रस्टका अध्यक्ष सन्तोष बानियाँका अनुसार महेन्द्र गोल्डकपका नाममा ३८औं पटक र विराट गोल्डकपका नाममा छैटौं पटक आयोजना हुन लागेको हो ।

प्रतियोगिताका सबै खेल फ्लडलाइटमा राति खेलाइने छ । शहिद मैदानमा प्रदेश सरकारको करिब ५ करोडको लागतमा शहिद मैदानमा फ्लडलाइटको व्यवस्था गरिएको छ ।

प्रतियोगिताको छैटौं सस्करण विजेताले २० लाख ५१ हजार र उपविजेताले १० लाख ५१ हजार पुरस्कार पाउने प्रतियोगिताका संयोजक कोइरालाले बताए ।

पाँचौँ सस्करण विजेता एपीएफले १५ लाख र उपविजेता पञ्जाब पुलिस क्लब भारतले ७ लाख ५० हजार पुरस्कार पाएका थिए ।

161
Shares
२५ पुष २०७९, सोमबार १९:०९