विराटनगर । प्रदेश १ मा चार सदस्यीय मन्त्रिपरिषद गठन भएको छ । मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश प्रमुख पर्शुराम खापुङबाट शपथग्रहण गरेलगत्तै चार सदस्यीय मन्त्रिमण्डल बनाएका हुन् ।

मन्त्रिमण्डलमा सत्ता साझेदार दलहरुबाट एक–एकजना मन्त्री नियुक्त भएका छन् । यसमा नेकपा माओवादी केन्द्रको भने सहभागिता छैन ।

माओवादी केन्द्रले सत्ता साझेदारीको विषयमा असन्तुष्टि जनाउँदै तत्काल सरकारमा सहभागिता नजनाउने बताएको छ ।

प्रदेश प्रमुख खापुङले नेकपा एमालेका तिलकुमार मेन्याङ्बो, राष्ट्रिय प्रजातान्त्र पार्टीका भक्तिप्रसाद सिटौला र जनता समाजवादी पार्टीकी निर्मला लिम्बूलाई मन्त्रीका रुपमा शपथ ग्रहण गराएका छन् ।

सबै मन्त्रीहरु हालका लागि बिना विभागीय छन् । उनीहरुलाई कुनै मन्त्रालयको जिम्मेदारी दिइएको छैन ।

यसअघि मुख्यमन्त्री कार्कीले प्रदेश प्रमुख खापुङबाट शपथग्रहण गरेका थिए ।

49
Shares
२५ पुष २०७९, सोमबार १५:३१