काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बाह्य क्षेत्रको स्थिरता र वित्तीय स्थायित्व कायम नगर्दासम्म दिगो आर्थिक विकास हुन नसक्ने बताएका छन् ।

बैंक तथा वित्तीय संस्था परिसङ्घ नेपालको तेस्रो साधारण सभालाई सम्बोधन गर्दै गभर्नर अधिकारीले मूल्य स्थिरता र बाह्य क्षेत्रको स्थिरता कायम राख्ने र वित्तीय स्थायित्व कायम नगर्दासम्म दिगो विकास हासिल गर्न नसकिने बताएका हुन् ।

पछिल्लो समय विश्वका धेरैजसो देशमा बाह्य क्षेत्रको मन्दी देखिएको बताए । गभर्नर अधिकारीले विश्वमा देखिएको बाह्य क्षेत्रको मन्दी र निर्माण क्षेत्रको शिथिलतालाई नेपालमा भित्रिन नदिनु नै यो वर्षको उपलब्धि हुने उल्लेख गरे।

विश्वको अर्थतन्त्र आर्थिक मन्दीतर्फ गएको भन्दै उहाँले नेपालमा पनि केही मिल्दा असरहरू देखिएकाले त्यस्ता असरबाट जोगिनुपर्ने चुनौती रहेको बताए ।

गभर्नर अधिकारीले सन् २०२१ को भन्दा २०२२ मा विश्वको आर्थिक वृद्धि सङ्कुचित भएको बताउँदै सन् २०२३ मा झनै घटेर २ दशमलव ७ प्रतिशतमा सङ्कुचन आउने प्रक्षेपण रहेको उल्लेख गरे।
7
Shares
२५ पुष २०७९, सोमबार ०८:१३