काठमाडौँ । लुम्बिनी अल स्टार्स क्लब नेपाल टी–२० क्रिकेटको फाइनलमा प्रवेश गरेको छ। आइतबार टियू मैदान कीर्तिपुरमा भएको खेलमा लुम्बिनीले जनकपुर रोयल्सलाई ७ रनले पराजित गर्दै फाइनलमा स्थान बनाएको हो।

अब जकपुरले भने फाइनल प्रवेशको दोस्रो मौका पाउने छ। उसले काठमाडौँ नाइट्स र विराटनगर किंग्सबीचको विजेतासँग दोस्रो क्वालिफायर खेल्ने छ।

लो स्कोरिङ खेलमा पहिले ब्याटिङ गर्दै लुम्बिनीले जितका लागि जनकपुरलाई १ सय ४४ रनको मध्यम स्कोर प्रस्तुत गरको थियो। जवाफमा जनकपुर निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ३७ रनमा नै समेटिएपछि लुम्बिनीले फाइनलमा स्थान पक्का गर्‍यो। जनकपुरका लागि समिउल्लाह सिनवारीले ४५ रन बनाउनु सर्वाधिक रनका रुपमा रह्यो। उनी बाहेक पवन सर्राफले १९ बलमा ३० रनको नटआउट इनिङ खेले।

त्यस्तै, राजेश पुलामीले १३ रन बनाउँदा ट्रेभोन ग्रिफ्तले १० रन बनाउका थिए। त्यस्तै अर्का ओपनर सर्फुदिन असरफले २४ रन बनाए। मध्यम स्कोर जोगाउने क्रममा लुम्बिनीका दीपेन्द्र सिंह ऐरी, विपुल शर्मा र सागर ढकालले समान दुई विकेट लिएका थिए।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको लुम्बिनीले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ४३ रन बनाएको थियो। उसका लागि इसान पाण्डेले सर्वाधिक ३८ रन जोड्दा अनिल साहले २४ तथा विपुल शर्माले २० रन बनाए। त्यस्तै लाहिरु मिलन्थाले १६ रन जोड्दा स्याड्ली भान सल्क्वाले १७ रन बनाएका थिए।

जनपुरका आसन प्रियन्जन, सोमपाल कामी तथा जितेन्द्र मुखीयाले समान दुई विकेट लिएका थिए।

21
Shares
२४ पुष २०७९, आईतवार १६:१०