विराटनगर । मोरङको मिक्लाजुङ–३ टाँडीमा रहेको चुरेफेदी महिला बचत तथा ऋण सहकारी संस्थाको ३४ लाख रूपैयाँ चोरी भएको छ ।

गत शुक्रबार ढोकाको ताला फुटाएर रकम चोरी गरेको पाइएको प्रहरीले जनाएको छ ।

प्रहरीले शंकास्पद पाइएपछि सहकारीको आर्थिक कारोबार हेर्ने कर्मचारी मेनुका नेपालीलाई नियन्त्रणमा लिएको छ ।

प्रहरीले सहकारीकी अध्यक्ष मीना कार्की, प्रबन्धक प्रकाश खनालसहित अन्य पदाधिकारी र कर्मचारीसँग सोधपुछ गरेको जनाएको छ ।

सहकारीकी कर्मचारी नेपालीले बुझाउनुपर्ने हिसाबकिताब प्रबन्धक खनाललाई नबुझाएको प्रारम्भिक अध्ययनबाट खुलेको पमोरङ प्रहरीका प्रवक्ता डीएसपी दीपक श्रेष्ठले जानकारी दिए ।

कार्यालयबाट करिब ५० मिटर पश्चिममा पैसा राखिने गरेको बाक्साफेला परेको थियो ।

उक्त सहकारी स्थानीय महिलाहरु मिलेर २०६८ सालदेखि सञ्चालनमा ल्याएका हुन् ।

70
Shares
२४ पुष २०७९, आईतवार १५:४४