प्रधानमन्त्री एवं माओवादी अध्यक्ष प्रचण्डको उपस्थितिमा भएको कार्यक्रममा सरकारलाई समर्थन गरेका दलका नेताहरु पनि सहभागी थिए ।
न्यूनतम साझा कार्यक्रमको मस्यौदा उपप्रधानमन्त्री पौडेल, माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन, राष्ट्रिय स्वतन्त्र पार्टीका महामन्त्री डा। मुकुल ढकाल, राप्रपाका महामन्त्री धवलशम्शेर राणा, जसपाका नेता रकम चेम्जोङले तयार गरेका हुन् ।प्रतिवेदनमा सरकार सञ्चालनलाई प्रभावकारी रूपमा सञ्चालन गर्न सरकारका प्राथमिकता निर्धारण गरिनुका साथै सामाजिक न्याय, सुशासन र समृद्धिका क्षेत्रका विविध विषयहरू समेटिएको कार्यदलका सदस्य वर्षमान पुनले जानकारी दिए।
मस्यौदालाई उच्चस्तरीय संयन्त्रले छलफल गरेर आवश्यकता अनुसार परिमार्जनसहित सार्वजनिक गर्नेछ ।