पूर्वाञ्चल साहित्य प्रतिष्ठानले शनिबार विराटनगरमा आयोजना गरेको कार्यक्रममा उक्त कृति विमोचन गरिएको हो । कार्यक्रमका प्रमुख अतिथि अग्रज समालोचक कविराज न्यौपाने, वरिष्ठ साहित्यकार प्राज्ञ दधिराज सुवेदी, प्राज्ञ विवश पोखरेललगायतले संयुक्त रुपमा कवितासंग्रहको विमोचन गरेका थिए ।
विमोचित कृतिका विषयमा कवि एवं समीक्षक शंकर सुवेदी उत्सले टिप्पणी गरेका थिए । कृतिभित्रबाट कवि मञ्जुश्री गिरी, रामबाबु दाहाल, विनोद विवश र अम्विका खरेल उप्रेतीले कविता वाचन गरेका थिए ।
पूर्वाञ्चल साहित्य प्रतिष्ठानले प्रकाशित गरेको संग्रहमा ५७ वटा कविता समावेश गरिएको छ ।