पोखरा । २२औँ संस्करणको आहा रारा पोखरा गोल्डकपको उपाधिका लागि आज शनिबार सङ्कटा क्लब र अमेरिकाको भुटानी युथ स्पोर्ट्सले प्रतिस्पर्धा गर्दैछन् ।

खेल पोखरा रङ्गशालामा दिउँसो साढे १ बजेपछि सुरु हुनेछ । सङ्कटा क्लब त्रिभुवन आर्मी र साविक विजेता एपीएफलाई हराउँदै तथा भुटानिज युथ मनाङ मर्स्याङ्दी र चर्च ब्वाइजलाई हराउँदै फाइनलमा पुगेको हो ।

प्रतियोगिताको विजेताले १२ लाख र दोस्रो हुने टोलीले ६ लाख रुपैयाँ प्राप्त गर्नेछन् ।
70
Shares
२३ पुष २०७९, शनिबार ०८:४८