अप्रिल २०२० मा उनलाई पूर्ण रुपमा क्यान्सरबाट मुक्त भएको बताइएको थियो। तर २०२१ मा पुनः उनमा क्यान्सर देखिएको थियो।
भियालीले डिसेम्बरमा स्वास्थ्यका कारण इटालियन राष्ट्रिय टिममा आफ्नो जिम्मेवारीबाट राजीनामा दिएका थिए।उनको निधन भएपछि इटालियन फुटबल संघका अध्यक्ष गाब्रियल ग्राभिनाले उनको अभाव इटालियन फुटबलमा पुरा हुन नसक्ने बताएका छन्। उनले भने, ‘उनी एक शानदार व्यक्ति थिए। उनको रिक्तता कसैले पूरा गर्न सक्दैन।’
उनले इटालीका लागि ५९ खेल खेलेर १६ गोल गरेका थिए। उनले १९८५ मा राष्ट्रिय टिमबाट डेब्यु गरेका थिए।इटालियन क्लब सामडोरियाबाट सिरी ए, युरोपियन कपलगायतको उपाधि जितेका थिए। उनी तत्कालीन समयमा युभेन्टसमा विश्व कीर्तिमानी १२ मिलियन पाउन्डमा अनुबन्धित भएका थिए।
उनले त्यहाँ च्याम्पियन्स लिग, युइएफए कप र सिरी ‘ए’ उपाधि जितेका थिए। उनी त्यसपछि फ्री ट्रान्सफरमा १९९६ मा चेल्सीमा अनुबन्धन भए।
पछि उनी १९९८ मा चेल्सीमै म्यानेजरसमेत बनेका थिए। त्यसपछि उनले वाटफोर्डको पनि जिम्मेवारी सम्हालेका थिए।