विराटनगर । अत्यधिक मादक पदार्थ सेवन गरेका एक अधबैंशेको मोरङको बूढीगंगा गाउँपालिका–१ मा मृत्यु भएको छ । सुनसरीको इटहरी–२ का ५५ वर्षीय बाबुराम घिमिरेको मृत्यु भएको प्रहरीले जनाएको छ ।

बूढीगंगा–१ स्थित पब्लिक बोर्डिङ स्कुलनजिक गत बुधबार राति ८ बजेतिर उनी भेटिएका थिए । प्रहरीले उद्धार गरेर उपचारका लागि विराट शिक्षण अस्पताल पठाएको थियो ।

विराटले थप उपचारका लागि बिहीबार विराटनगरस्थित कोसी अस्पताल पठाएको थियो ।

कोसी अस्पतालमा उपचारकै क्रममा शुक्रबार बिहान घिमिरेको मृत्यु भएको मोरङ प्रहरीले जनाएको छ ।

अत्यधिक मापसे गरेका कारण घिमिरेको मृत्यु भएको हुनसक्ने प्रहरीले अनुमान गरेको छ ।
63
Shares
२२ पुष २०७९, शुक्रबार १४:०५