विराटनगर । कबड्डी खेल्नेक्रममा झापाको दमकमा एक विद्यार्थीको मृत्यु भएको छ । संखुवासभा भोटेखोला गाउँपालिका ४ घर भई दमक ४ स्थित मदन भण्डारी स्मृति प्रतिष्ठानमा अध्ययनरत १८ वर्षीय लाप्टुक भोटेको मृत्यु भएको हो ।

उनी डिप्लोमा इन सिभिल इन्जिनियरिङ अध्ययनरत थिए ।

विद्यालयले बुधबार दिउँसो आयोजना गरेको खेलकुद प्रतियोगिताअन्तर्गत कबड्डी खेल्नेक्रममा भोटे अचानक बेहोस भएर मैदानमा लडेका थिए ।

उनको मृत्युको कारण खुल्न नसकेको प्रहरीले जनाएको छ ।

उनको उपचारका लागि बिर्तामोडतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।
28
Shares
२१ पुष २०७९, बिहीबार ०७:१९