विराटनगर । धनकुटाबाट वैदेशिक रोजगारीमा जानेको संख्या एकै वर्षमा चार गुणाले वृद्धि भएको छ ।

आर्थिक वर्ष २०७७–०७८ मा वैदेशिक रोजगारीका लागि धनकुटाका ४ सय ८३ जनाले श्रम स्वीकृति लिएका थिए ।

त्यसको एक वर्षपछि अर्थात आर्थिक वर्ष २०७८–०७९ मा श्रम स्वीकृति लिनेको संख्या बढेर २ हजार १ सय ८८ पुगेको आप्रवासी स्रोत केन्द्र धनकुटाले जनाएको छ ।

तीमध्ये अधिकाशंले मलेशिया र खाडी राष्ट्रका लागि श्रम स्वीकृति लिएका छन् ।

पछिल्लो दश वर्षमा धनकुटाका झण्डै ४८ हजार जनाले वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिएका छन् ।
14
Shares
२० पुष २०७९, बुधबार २२:०३