काठमाडौं । युक्रेनका प्रधानमन्त्री डेनिस सामियलले सन् २०२३ मा युक्रेनले गर्ने कामहरूको प्राथमिकता तोकेका छन् ।

युक्रेनले आगामी वर्षमा गर्ने कामहरूका १० वटा प्राथमिकता तोकेको जनाइएको छ ।

ती प्राथमिकतामध्ये प्रधानमन्त्री सामियलले युक्रेन युरोपियन युनियनमा सहभागी हुनेदेखि लिएर नेटोको सदस्यता लिनेसम्म रहेको बताइएको छ ।

उनले आगामी वर्ष युक्रेनको विजयको वर्ष हुने पनि सो प्राथमिकता जनाएका छन् ।

उनले भनेका छन्, ‘आगामी वर्ष युक्रेनेको विजयको वर्ष हुनेछ, हामीले जित्नेछौँ सन् २०२२ को विध्वंसपछिको पुनर्निर्माणका लागि हामी लाग्नेछौँ ।’ सबैभन्दा पहिलो प्राथमिकता यहाँको सुरक्षा व्यवस्थालाई मजबुत बनाउने रहेको भन्दै यसका लागि देशको सेनालाई सहयोग गर्ने पनि रहेको उनको भनाइ छ ।

ऊर्जा, देशको आर्थिक क्षेत्रको विकास र विस्तार तथा युद्धमा युक्रेनका तर्फबाट लडेका योद्धाहरूलाई सम्मान गर्ने काम पनि यसै वर्षको प्राथमिकतामा रहेको उनले जनाएका छन् ।

युक्रेनमा गत फेब्रुअरी महिनादेखि रुसले निरन्तर रूपमा हमला गरिरहेको छ । हतियारका माध्यमबाटै गरेको आक्रमणले युक्रेनको राजधानी किभलगायतका कैयौँ सहरका संरचनामा क्षति पुगेको छ ।

7
Shares
२० पुष २०७९, बुधबार २१:५२