विराटनगर । विराटनगर महानगरपालिका–४ मा रहेको साथीको घरमा पाहुना आएका युवकको सोमबार राति मृत्यु भएको छ ।

प्रहरीका अनुसार साथी अनोज चौधरीको घरमा पाहुना आएका विराटनगर–१३ का २१ वर्षीय सौरभ यादवको मृत्यु भएको हो ।

अचानक बेहोस भएपछि उपचारका लागि विराट विराटनगर अस्पताल लगिएको थियो ।

अस्पताल पुर्याउनसाथ चिकित्सकले उनलाई मृत घोषित गरेको प्रहरीले जनाएको छ । के कारणले मृत्यु भएको हो भन्ने खुलेको छैन ।

उनी लागूऔषधका सेवनकर्ता रहेकाले लागूऔषधको मात्रा धेरै भएर मृत्यु भएको हुनसक्ने प्रहरीको अनुमान छ । शव पोस्टमार्टमका लागि कोसी अस्पतालमा राखिएको छ ।
9.21k
Shares
१९ पुष २०७९, मंगलवार ०९:५७