पुस्तकालयको वार्षिक साधारणसभा तथा समाजसेवी लेखनाथ चापागाईंको ९७ औं जन्मजयन्तीको अवसर पारेर आयोजित कार्यक्रममा सामुदायिक विद्यालयमा अध्ययन गर्ने दुईजना छात्रालाई पुरस्कृत गरिएको हो ।
कार्यक्रममा ५ हजार नगद राशिको नन्दकुमारी चापागाईं स्मृति छात्रवृत्ति पोखरिया उच्च माविमा अध्ययनरत सविया सहनी र गोग्राह माविमा अध्ययनरत नेहा उराँवलाई प्रदान गरिएको थियो । उनीहरुलाई विराटनगर महानगरपालिकाका मेयर नागेश कोइराला, आयोजक संस्थाका अध्यक्ष ओमकार चापागाईंलगायतले माला लगाएर प्रशंसापत्र र नगद प्रदान गरेका थिए ।समारोहमा मेयर कोइरालाले विराट धर्मशास्त्र संग्राहलयको संरक्षण र सम्वद्र्धनमा महानगरपालिका गम्भीर रहेको बताए ।
कार्यक्रममा वरिष्ठ साहित्यकार प्राज्ञ दधिराज सुवेदी, समाजसेवी माधवप्रसाद अत्रि, साहित्यकार दिङ्लाली कान्छो, प्रतिमा निरौला, पुरुषोत्तम न्यौपानेलगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।पुस्तकालयले हरेक दुई वर्षमा ५० हजार राशिको लेखनाथ चापागाईं स्मृति पुरस्कारसमेत वितरण गर्दै आएको छ ।