कोइलाको धुवाँले निसास्सिएर चा वर्षीया छोरीसहित दम्पतीको सोमबार मृत्यु भएको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।
कैलाली चौमालाका ३८ वर्षीय चन्द्र, उनकी श्रीमती ३४ वर्षीया राधा र छोरी अञ्जलीको मृत्यु भएको हो । चन्द्र मेरठको टिपी नगरका उद्यमी आलोक बंसलको घरमा घरेलु श्रमिकको रुपमा काम गर्दै आएका थिए ।नयाँ वर्षको दिन दिउँसोसम्म पनि कोही कोठाबाट बाहिर नआएपछि घरबेटी त्यहाँ पुग्दा ढोका बन्द अवस्थामा थियो । ढोका फुटाएर हेर्दा चन्द्र र राधाको ज्यान गएको र अञ्जली बेहोस अवस्थामा भेटिएका थिए । उपचारको लागि स्थानीय अस्पतालमा पुर्याउँदासम्म अञ्जलीको पनि मृत्यु भएको जनाइएको छ ।
मृतकको शवलाई पोष्टमार्टमको लागि पठाइएको र घटनाबारे मृतकको परिवारलाई खबर गरिसकेको टिपी नगर थाना प्रहरी कार्यालयले जनाएको छ ।