काठमाडौं। बलिउड अभिनेता सुशान्त सिंह राजपूतको हत्या भएको दाबी गरिएको छ। शव पोस्टमार्टममा सहभागी अस्पतालका एक कर्मचारीले अभिनेता राजपूतको हत्या भएको दाबी गरेका हुन् ।

मुम्बईको कपुर अस्पतालका रूपकुमार शाहले भारतीय सञ्चार संस्था ‘एएनआई’ सँग कुरा गर्दै यस्तो दाबी गरेका हुन् ।

अभिनेता राजपूतको शरीरमा चोटका डामहरू देखिएको शाहले दाबी गरेका छन् । उनले घाँटीमा रहेको डाम पनि झुन्डिएको कारण नभएको बताए।

‘त्यस दिन अस्पतालमा पाँच शव पोस्टमार्टमका लागि ल्याइएका थिए। जसमा एक भीआइपी थिए। पोस्टमार्टम गर्ने बेला थाहा भयो, बलिउडका हिरो सुशान्त सिंह राजपुतको शव रहेछ। उनको शरीरमा धेरै डामहरू थिए। घाँटीमा पनि झुन्डिएको भन्दा फरक डाम देखिन्थ्यो। यसबारे मैले सिनियर डाक्टरलाई भनेको पनि थिएँ’ उनले भनेका छन्।

त्यतिबेला अस्पतालले पोस्टमार्टम रिपोर्टमा शरीरमा कुनै चोट नदेखिएको बताएको थियो। राजपुतले १४ जुन २०२० मा मुम्बईस्थित आफ्नै फ्लाटमा मृत भेटिएका थिए।
98
Shares
१७ पुष २०७९, आईतवार ०८:००