अंग्रेजी नयाँ वर्षको अवसरमा दिइने विभिन्न पदवी अन्तर्गत श्रेष्ठले ओबीई पाएका हुन् । आगामी जुन महिनामा एक समारोहबीच उक्त पदक दिइने छ ।
कला, विज्ञान तथा च्यारिटीमूलक संस्था वा समाजसेवामा गरेको योगदानप्रति उक्त विशिष्ठ पदवि दिइन्छ । यस वर्ष करिब ११ सय जनाले यस्तो पदवि पाएको राजपरिवारको आधिकारिक पत्रिका लन्डन गजेटमा उल्लेख छ ।ओबीई पदक यसअघि डा। सूर्यप्रसाद सुवेदी र डा। राघवप्रसाद धितालले पाइसकेका छन् ।
श्रेष्ठ बेलायतका लागि नेपाल पर्यटन बोर्डको मानार्थ जनसम्पर्क प्रतिनिधि पनि हुन् । सन् १९७६ मार्च १० का दिन वर्क परमिट लिएर लन्डन उत्रिएका श्रेष्ठ इलिङस्थित मन्टिज रेष्टुरेन्टका सञ्चालक हुन् ।
श्रेष्ठ रेष्टुरेन्ट व्यवसायसँगै लन्डनमा बियर उत्पादन र प्रोपर्टीमा पनि संलग्न भएका छन् । पार्टनरसीपमा सन् २००३ देखि खुकुरी बियर उत्पादन गरेर सन् २००७ देखि उनी एक्लैले यो व्यवसाय सञ्चालन गरेका छन् ।यूके–नेपाल व्यापार तथा लगानी मञ्चका उपाध्यक्ष श्रेष्ठको काठमाडौं ठमेलमा तारे होटल पनि चालु छ । एनआरएनए यूकेको संस्थापक अध्यक्ष, पासा पुच गुठी यूके ट्रष्टीको अध्यक्ष, लन्डन चेम्बर अफ कमर्सको सदस्य, ब्रिटेन नेपाल चेम्बर अफ कमर्स (बीएनसीसी) को उपाध्यक्ष, साउथहल राम मन्दिरको ट्रष्टी र स्थानीय मेयर च्यारिटीको कमिटीमा रहेर काम गरिसकेका उनी इलिङ चेम्बर अफ कमर्सको पूर्वअध्यक्ष पनि हुन् ।