शुक्रबार विराटनगरमा सम्पन्न २७औं संस्करणको प्रतियोगितामा सगरमाथा दोस्रो र विकेभिएमले तेस्रो स्थान हासिल गरेका छन् ।
विराटनगर जुनियर जेसिसकाे आयाेजनामा भएकाे प्रतियोगिताको विजेतालाई प्रायोजक काभ्रा ग्रुप अफ इन्ड्रिजले नगद पुरस्कार प्रदान गरेको थियो ।प्रथम हुने सगरमाथाले १५ हजार, द्वितीय हुने सगरमाथाले १० हजार र तृतीय स्थानमा रहन सफल विकेभिएमले पाँच हजार प्राप्त गरेका छन् ।
प्रतियोगिताको फाइनलमा लिटल फ्लावर्स, सगरमाथा, मोरङ पब्लिक, विकेभिएम, एभरेष्ट, सहिद स्मृति विद्यालयको उपस्थिती रहेको थियो ।विराटनगर जुनियर जेसिसका अध्यक्ष विकल्प न्यौपानेले जेसिसले हाजिरी जवाफ लगायतका प्रतियोगिता गर्दै आइरहेको बताएका छन् ।
आरोहण गुरुकुलमा सम्पन्न प्रतियोगिताको समापन कार्यक्रममा जेसिसका वर्तमान एवम् भूतपूर्व पदाधिकारी, शिक्षक, विद्यार्थी र सर्वसाधारणको सहभागिता रहेको थियो ।