मोरङ व्यापार संघका अध्यक्ष नवीन रिजालको नेतृत्वमा काठमाडौं गएको टोलीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई भेटेर विद्यमान चर्को बैंक व्याजदर, प्रतिकूल बैंकिङ नीति र समसामयिक समस्याहरुको तत्कालै निराकरणका लागि आग्रह गरेको हो ।
भेटवार्ताका क्रममा अध्यक्ष रिजालले प्रधानमन्त्रीसमक्ष बैंकका पछिल्ला प्रतिकूल व्यवस्थाहरुबाट उद्योगी, व्यवसायी र सर्वसाधारणमा उत्पन्न भएको असहज वातावरण बारे जानकारी गराएका थिए । ती समस्या समाधानार्थ सम्बन्धित निकायलाई तत्कालै निर्देशन दिन उनले अनुरोध गरेका थिए ।भेटमा संघका पूर्वअध्यक्ष पवनकुमार सारडा, वरिष्ठ उपाध्यक्ष अनुपम राठी, उद्योग संगठन मोरङका वरिष्ठ उपाध्यक्ष प्रदिप मुरारका, संघका उपाध्यक्ष अनिलकुमार साह र नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल प्रदेश १ का अध्यक्ष एवं संघका सचिव सञ्जयकुमार श्रेष्ठलगायतको सहभागिता थियो ।