विराटनगर । कम्बोडिया र थाइल्यान्ड सीमा नजिकैको एक क्यासिनोमा बुधबार राति भएको आगलागीमा परी झापाका निराकर पाण्डेको मृत्यु भएको छ ।

कम्बोडियास्थित पोइपेट सहरको ग्राण्ड डायमन्ड सिटी होटेल र क्यासिनोमा आगलागी हुँदा झापा बिर्तामोड नगरपालिका १ का ४० वर्षीय निराकर पाण्डेको मृत्यु भएको हो ।

आगलागीमा पाण्डेसहित १९ जनाको मृत्यु भएको त्यहाँका सञ्चार माध्यमले जनाएका छन् । आगलागीमा परी ६० बढी घाइते भएका छन् ।
28
Shares
१५ पुष २०७९, शुक्रबार १५:०३