विराटनगर । नेपाली कांग्रेस प्रदेश १ संसदीय दलको नेतामा उद्धव थापा निर्वाचित भएका छन् । उनी पार्टीको प्रदेश १ समिति सभापति हुन् ।

संसदीय दलमा रहेका कूल २९ मतदातामध्ये १८ मत ल्याएका छन् । उनका प्रतिस्पर्धी प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री रहेका केदार कार्कीले ९ मत प्राप्त गरे ।

शुक्रबार भएको मतदानमा पार्टीका केन्द्रीय सदस्य रहेका अमृत अर्यालले २ मत ल्याए । उनी पार्टी सभापति शेरबहादुर देउवा पक्षमा हुन् ।

दुई कार्यकाल झापा समितिको सभापति रहेका थापा पार्टीमा कृष्णप्रसाद सिटौला पक्षका मानिन्छन् ।

दलको नेता चयनका लागि राष्ट्रियसभामा कांग्रेस संसदीय दलका नेता एवं प्रदेश उपसभापति रमेशजंग रायमाझीको संयोजकत्वमा निर्वाचन समिति बनाइएको थियो ।
28
Shares
१५ पुष २०७९, शुक्रबार ११:२४