पेलेको निधनमा विश्वभरका फुटबलरहरूले शोध व्यक्त गरेका छन् । अर्जेन्टिनाका स्टार खेलाडी लियोनल मेसीले पेलेसँग आफ्नो तस्बिर शेयर गर्दै लेखेका छन्, ‘रेस्ट इन पिस, पेले ।’
अर्का स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोले लेखेका छन्, ‘पेले लाखौँ मानिसका प्रेरणा हुन् । उनको उदाहरण हिजो पनि दिइन्थ्यो, आज पनि दिइन्छ र सधैँ दिइनेछ । उनलाई कहिल्यै पनि बिर्सन सकिँदैन । उनको याद हामी फुटबलप्रेमीसँग रहनेछ । रेस्ट इन पिस, किङ पेले ।’यस्तै ब्राजिलका स्टार खेलाडी नेयमारले इन्स्टाग्राममा लेखेका छन्, ‘पेलेभन्दा अघि १० मात्र एक नम्बर थियो । मैले यो वाक्य कहीँ पढेको थिएँ । यो राम्रो छ तर अपूर्ण छ । म भन्न चाहन्छु कि पेलेभन्दा अघि फुटबल एक सुस्त खेल थियो । पेलेले सबै परिवर्तन गरिदिए । उनले फुटबललाई कला र मनोरञ्जनमा ढालिलिए ।’
फ्रान्सका स्टार खेलाडी केलियन एम्बाप्पेले पेलेसँगको तस्बिर शेयर गर्दै लेखेका छन्, ‘फुटबलका बादशाह हामीलाई छोडेर गए तर उनको विरासतलाई कहिल्यै भुल्न सकिँदैन । रिप किङ ।’ब्राजिलको सानो सहर मिनास गेराइसमा १९४० अक्टोबर २३ मा उनको जन्म भएको थियो । उनको पूरा नाम एडिसन एरेन्टस डो नासिमेन्टो हो ।
पेलेले ब्राजिललाई सन् १९५८, १९६२ र १९७० मा विश्व कपको उपाधि जिताएका थिए । उनी तीन विश्व कप जित्ने एकमात्रै खेलाडी हुन् । उनलाई सन् २००० मा फिफा प्लेयर अफ द सेन्चुरीको पदक दिइएको थियो ।