काठमाडौं । नेपाल टी–ट्वान्टी लिग (एनएसएल) क्रिकेट प्रतियोगिता आज शुक्रवार दुई खेल हुँदैछन् । पहिलो खेलमा लुम्बिनी अल स्टार्स र काठमाडौं नाइट्स खेल्दैछन् ।

लुम्बिनी चार खेलमा आठ अङ्कका साथ तालिकाको शीर्ष स्थानमा छ । तीन खेलमा दुई जितेको काठमाडौं चार अङ्कका साथ तालिकाको तेस्रो स्थानमा छ ।

दोस्रो खेलमा फार वेस्ट युनाइटेड र पोखरा एभेन्जर्स खेल्दैछन् । यो खेल दिउँसो १ बजेदेखि सुरु हुनेछ ।

पोखरा पाँच खेलमा जितविहीन छ । फार वेस्ट चार खेलमा एउटा जितेर दुई अङ्कका साथ तालिकाको पाँचौँ स्थानमा छ ।

नेपाल टी–ट्वान्टी लिगका खेल कीर्तिपुर मैदानमा हुँदै आएका छन् । प्रतियोगितामा लुम्बिनी, जनकपुर रोयल्स, काठमाडौ, विराटनगर सुपर किङ्ग्स, फार वेस्ट र पोखरा गरी छ टोली सहभागी छन् ।
14
Shares
१५ पुष २०७९, शुक्रबार ०९:४२