नेपाल दूरसञ्चार प्राधिकरणले पुस १५ गतेदेखि मोबाइल डिभाइस म्यानेजमेण्ट सिस्टम (एमडिएमएस) पूर्णरूपमा कार्यान्वयनमा ल्याएको छ ।
अब भन्सारबाट छलेर ल्याइएका मोबाइल सेटहरु नचल्ने प्राधिकरणले जनाएको हो ।मोबाइल सेटको अवैध आयात, बिक्री वितरण तथा प्रयोगलाई निरुत्साहित गरी थप व्यवस्थित गर्न तथा चोरी भएका तथा हराएका मोबाइल सेटको ट्रयाकिङ र ब्लकिङ गर्न प्राधिकरणले एमडिएमएस लागू गरेको जनाएको छ ।
यसअघि भित्रिएका मोबाइल सेटहरुको हकमा भने दर्ता गरिएपछि सञ्चालन हुने जनाइएको छ।