विराटनगर । नेपाल खेलकुद महासंघको दोस्रो राष्ट्रिय महाधिवेशन फागुन ७ गते विराटनगरमा हुने भएको छ ।

महासंघका अध्यक्ष पर्शुराम बस्नेतका अनुसार महाअधिवेशनले नयाँ नेतृत्व चयन गर्नेछ । महाधिवेशनको तयारी सुरु भएको जानकारी दिँदै बस्नेतले यो महाधिवेशन समग्र खेल क्षेत्रमा लाग्नेहरुको लागि उत्सवको रुपमा रहने बताए ।

महाधिवेशनमा करिब ६ सय प्रतिनिधि सहभागी हुनेछन् । पर्यवेक्षक तथा खेलक्षेत्रका अगुवालगायत समेत गरी १ हजारभन्दा बढीको सहभागिता हुने उनले बताए ।

महाधिवेशनको उद्घाटन नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गर्ने जनाइएको छ ।

14
Shares
१४ पुष २०७९, बिहीबार १७:४७