काठमाडौं । पहिलो संस्करणको नेपाल टी–ट्वान्टी लिगमा पोखरा एभेन्जर्सलाई हराउँदै विराटनगर सुपर किङ्स विजयी बनेको छ ।

बिहीबार भएको खेलमा पोखरालाई विराटनगर सुपर किंग्सले ८ विकेटले पराजित गरेको हो ।

पोखराले दिएको १ सय ३६ रनको लक्ष्य विराटनगरले १८.४ ओभरमा २ विकेट गुमाएर पुरा गर्यो ।

विराटनगरका लागि रोहित पौडेलले ५७ बलमा ६ चौका र ३ छक्काको सहयोगमा अविजित ७१ रनको अर्धशतकीय इनिङ खेले । गौरान्सु शर्माले ३३ तथा हुसेन तलतले अविजित २८ रन बनाए ।

पोखराका लागि अमिर हम्जा र जाहिर खानले समान १–१ विकेट लिए । त्यसअघि पहिले ब्याटिङ गरेको पोखराले २० ओभरमा ६ विकेट गुमाएर १ सय ३५ रन बनायो ।

पोखराका लागि अमिर हम्जाले २५ बलमा अविजित ३७ रन बनाउँदा सुमित महर्जनले २६ रन बनाएका थिए ।

कप्तान उपुल थरंगा २५ तथा प्रतिश जिशीले अविजित १३ रन बनाए । आसिफ शेख ११ रनमा आउट भए ।

विराटनगरका लागि कप्तान आन्द्रे म्याकार्थीले ३ तथा साहब आलम, राज नानन र नन्दन यादवले समान १–१ विकेट लिए।

चार खेल खेलेको विराटनगरले दोस्रो जितका साथ अंक तालिकाको तेस्रो स्थानमा छ । पाँच खेल खेलेर अंक विहीन पोखरा ५ खेलमा अंकविहीन रहेर अंक तालिकाको पुछारमा छ ।

यसै संस्करणको पहिलो भेटमा बुधबार विराटनगरले पोखरालाई ६ विकेटले पराजित गरेको थियो । प्रतियोगिताको फाइनल खेल २७ गते हुनेछ । लिगको विजेताले ५५ लाख पाउने जनाएको छ । यस्तै उपविजेताले ३० लाख नगद पुरस्कार प्राप्त गर्नेछ भने तेस्रो हुनेले १० लाख र चौंथोले ५ लाख पाउने छ ।

63
Shares
१४ पुष २०७९, बिहीबार १२:१२