विराटनगरसँग पोखरा ६ विकेटले पराजित भएको हो । प्राविधिक कारणले खेल १९ ओभरमा छोट्याइएको खेलमा जितका लागि १ सय ४० रनको लक्ष्य पाएको विराटनगरले १७.४ ओभरमा ६ विकेट गुमाएर भेट्यो ।
विराटनगरका लागि हुसेन तलतले ३० बलमा ४ चौका र १ छक्काको सहयोगमा अविजित ५० रनको अर्धशतकीय ईनिङ खेले । अर्जुन साउद २५ रनमा आउट भए । कप्तान आन्द्रे म्याकार्थीले २१ तथा पृथु बाँस्कोटाले १५ रन बनाए ।पोखराका लागि कुशल मल्ल र शरद भेषवाकरले समान २–२ विकेट लिए । त्यसअघि पहिले ब्याटिङ गरेको पोखराले १९ ओभरमा ७ विकेट गुमाएर १ सय ३९ रन बनाएको हो ।
पोखराका लागि कुशल मल्लले १८ बलमा ३ चौका र ३ छक्काको सहयोगमा ३७ तथा सिद्धान्त लोहनीले ३ छक्काको सहयोगमा १९ बलमा २६ रन बनाए ।कप्तान उपुल थरंगा १९ रनमा आउट हुँदा आसिफ शेखले १० रन बनाए । प्रतिश जिशीले अविजित ११ तथा शरद भेषवाकरले अविजित ९ रन बनाए ।
विराटनगरका लागि हुसेन तलत र राज नाननले समान २र२ तथा नन्दन यादव,साहब आलम र कप्तान आन्द्र म्याकार्थीले समान १–१ विकेट लिए ।
पहिलो जित हात पारेको विराटनगर तीन खेलमा २ अंकका साथ चौथो स्थानमा उक्लिएको छ । लगातार चौथो हार व्यहोरेको पोखरा अंकविहीन रहेर अंक तालिकाको पुछारमा रहेको छ ।
डबल राउण्डमा हुने यस लिगमा ३४ खेल हुनेछ । यस लिगको विजेताले ५५ लाख पाउने छ । उपविजेताले ३० लाख नगद पुरस्कार प्राप्त गर्दा तेस्रो हुनले १० लाख र चौंथोले ५ लाख पाउने छ ।
प्लेयर अफ द सिरिजले ५ लाख प्राप्त गर्दा उत्कृष्ट बलर र उत्कृष्ट ब्याटरले २ लाख ५० हजार पाउने छन् । इमर्जिङ प्लेयरले १ लाख ८० हजार पाउने छ । प्रतियोगिताको हरेक दिन दुई खेल हुनेछ । पहिलो संस्करणको लिगमा ६ टोलीको सहभागिता छ ।
लिगमा काठमाडौं नाइट्स, फार वेस्ट युनाइटेड, लुम्बिनी अल स्टार,पोखरा एभेन्जर्स, विराटनगर सुपर किङ्ग्स र जनकपुर रोयल्स सहभागी छन् ।