विराटनगर विमानस्थलमा बुधबार संवाददाताहरुसितको कुराकानीका क्रममा उनले यस्तो बताएका हुन् ।
यसबारे पुस २२ गते हुने पार्टी बैठकमा निर्मम समीक्षा गर्ने उनले जनाएका छन् ।गठबन्धन नगरी सरकारै नबन्ने अवस्था रहेको भए पनि निर्वाचनपछि गठबन्धन गर्नुपर्ने पक्षमा सुरुमा आफूहरु रहेको कोइरालाले उल्लेख गरे ।
तर निर्वाचन अगाडि नै गठबन्धन गर्ने निर्णय भइसकेपछि त्यसलाई अगाडि बढाउने जिम्मेवारी कांग्रेसमा रहेको उनको भनाइ छ ।सबैभन्दा ठूलो दलको हैसियतमा कांग्रेसले प्रधानमन्त्रीमा दाबी गर्नु स्वाभाविक भएको भन्दै कोइरालाले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको पदीय आशक्ति र कांग्रेसबाट वार्ता गर्नेहरुको कमजोरीका कारण पछिल्लो अवस्था आएको बताए ।
माओवादी अध्यक्ष दाहालले गठबन्धनको मर्मलाई नस्वीकार्नु, पार्टी नेतृत्वले माओवादी केन्द्र र एमालेको चाल थाहा नपाउनुले कांग्रेस प्रतिपक्षमा पुगेको कोइरालाको भनाइ थियो ।