काठमाडौं । दक्षिण सुडानको पूर्वी जोङलेई राज्यमा भएका झडपहरुमा ५६ जनाको मृत्यु भएको छ । चार दिनदेखि भइरहेको झडपपछि नुयर समुदायका युवाहरूले अर्को जातीय समूहलाई आक्रमण गरेका थिजए ।

त्यसपछि भएको झडपका क्रममा ५६ जनाको मृत्यु भएको स्थानीय अधिकारीको भनाइ उल्लेख गर्दै अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।

सन् २०११ मा सुडानबाट स्वतन्त्र भएको दक्षिणी सुडानको भूभाग दशकौंदेखि झगडा र गाईवस्तु र जमिनको विषयलाई लिएर द्वन्द्वले ग्रस्त छ ।

गुमुरुक काउन्टी र लिकुआंगोल काउन्टीमा डिसेम्बर २४ मा मुर्ले समुदायमा सशस्त्र नुयर युवाहरूले आक्रमण गरेका ग्रेटर पिबोर प्रशासनिक क्षेत्रका सरकारी अधिकारी अब्राहम केलाङले बताएका छन् ।

‘सरकारले समुदायहरूलाई मद्दत गर्न प्रबन्ध गरिरहेको छ, तर लडाईं अझै जारी छ’ केलंगको भनाई उद्धृत गर्दै ‘रोयटर्स’ले जनाएको छ ।

झडपमा ५१ जना नुयर समुदायका र पाँचजना मुर्ले डिफेन्डरहरू मारिएको जनाइएको छ ।

28
Shares
१३ पुष २०७९, बुधबार १५:२४