विराटनगर । विराटनगरमा पुस १४ गते बिहीबारदेखि तीन दिनसम्म मानव जीवनबाट कसरी नकारात्मक विचारलाई टाढा राख्ने भन्नेबारे ‘ह्याप्पिनेस प्रोग्राम’ सञ्चालन हुने भएको छ।

‘आर्ट अफ लिभिङ’ को आयोजनामा मारवाडी सेवा सदन, शनिहाटमा कार्यक्रम आयोजना हुन लागेको हो।

श्रीश्री रविशंकर विद्या मन्दिरमा पत्रकार सम्मेलन आयोजना गर्दै यसबारे जानकारी दिइएको हो ।

आयोजक आर्ट अफ लिभिङकी प्रशिक्षक सुवर्णा बस्नेतले जीवन जिउने सातवटा कला सिकाउने लक्ष्यका साथ ह्याप्पिनेस शिविर गर्न लागिएको जानकारी दिइन्।

‘सुदर्शन क्रियाजस्ता प्रभावशाली प्राणायामलगायत विषयमा प्रशिक्षण दिने योजना बनाएका छौं, जीवन जिउने अरू सातवटा कला पनि सिकाउने छौं’ उनले भनिन्।

सुदर्शन क्रिया भनेको शारीरिक विकार बाहिर निकाल्नका लागि सहयोग गर्ने प्राणायाम भएको उनले बताइन् ।

हरेक दिन बिहान ६ बजेदेखि ९ बजेसम्म हुने कार्यक्रममा बस्नेतसहित तीनजना प्रशिक्षकले जीवन जिउने कला सिकाउने छन्।

१८ वर्षमाथिका ५० जनाको सहभागिता हुने अनुमान गरिएको कार्यक्रममा सहभागी हुन १ हजार ५०० रुपैयाँ तिर्नुपर्ने जनाइएको छ।

119
Shares
१३ पुष २०७९, बुधबार ११:४७