विराटनगर । नेपालको सबैभन्दा ठूलो सिनेमा चेन ब्रान्ड क्युएफएक्स सिनेमाजको विराटनगर शाखाले अङ्ग्रेजी नयाँ वर्षलक्षित अफर ल्याएको छ ।

विराटनगरस्थित भाटभटेनीमा रहेको क्युएफएक्स सिनेमाज विराटनगरले चलचित्र हेर्न आउने दर्शकका लागि खानेकुरामा अफर ल्याएको हो ।

२१ डिसेम्बरबाट सुरु गरिएको अफर २०२३ जनवरी १ तारिखसम्म लागू हुने क्युएफएक्स सिनेमाज विराटनगरका ड्युटी म्यानेजर साजन बज्राचार्यले जानकारी दिए ।

स्पेशल सिजन अफर अन्तर्गत क्युएफएक्स विराटनगरले भारी छुटसहित क्याफे लाटे र चिज पपकर्नको कम्बो प्याक ल्याएको छ ।

त्यसबाहेक, बर्गर र नाचोजमा पनि छुटसहितको नयाँ मुल्य निर्धारण गरेको छ ।

क्रिसमस र नयाँ वर्षको अवसरमा दर्शकलक्षित अफर ल्याइएको र यसले फेस्टिभ मुडलाई झन रमाइलो बनाउने क्युएफएक्स विराटनगरले विश्वास लिएको छ ।

त्यसबाहेक, क्युएफएक्स विराटनगरले हरेक मंगलबार र बुधबार ‘डिल डेज’अफरमा सबै शो रु १५० मा नै देखाइ रहेको छ ।

63
Shares
१२ पुष २०७९, मंगलवार ११:२८