राष्ट्रियसभा सदस्य तथा कांग्रेस प्रदेश १ उपसभापति रमेशजंग रायमाझीको संयोजकत्वमा गठित निर्वाचन समिति सदस्यमा कांग्रेस प्रदेश १ का महामन्त्री उमेश थापा, रेगिना भट्टराई, लक्ष्मी चौधरी र नन्द नेम्वाङ छन् ।
कांग्रेस संसदीय दलको विधानमा संसदीय दलको नेताको निर्वाचन गराउन र निर्वाचन गर्न प्रक्रिया निर्धारणका लागि पार्टीको प्रदेश समितिले एक निर्वाचन समिति बनाउने व्यवस्था छ ।कांग्रेस संसदीय दलको नेताका लागि केन्द्रीय सदस्यहरु अमृत अर्याल, प्रदीप सुनुवार, भीम पराजुली, प्रदेश समिति सभापति उद्धव थापा, केदार कार्कीलागयत आकांक्षी छन् ।
प्रदेश १ मा कांग्रेसका २९ सांसद छन् ।यसअघि नेकपा एमालेले हिक्मतबहादुर कार्कीलाई संसदीय दलको नेता चयन गरिसकेको छ ।