बालबालिकाहरुको सौन्दर्य तथा बौद्धिक कलालाई प्रष्फुटन गराउदै आइरहेको साइमन फिल्मस् एन्ड इन्टरटेन्मेन्ट, मुम्बईको प्रस्तुतिमा ओजस फिल्म एन्ड इन्टरटेन्मेन्टले कार्यक्रम आयोजना गरेको हो ।
ग्रान्ड फिनालेबाट पाँच जना बिजेता छनौट गरिएको छ । जस अन्तर्गत ‘मिस पूर्वान्चल लिटिल स्टार’ को उपाधि सन्ध्या राजवंशीले हात पारिन् भने ‘पूर्वान्चल राइजिङ स्टार’ को उपाधि इसान मुखियाले जितेका छन् ।यस्तै ‘लिटिल मिस पुर्वान्चल स्टार’ को उपाधि कृषला चापागाईंले हात पार्दा ‘लिटिल पूर्वान्चल राइजिङ स्टार’ को उपाधि मिकफुङ लिम्बुले हात पारेकी छन् ।
ग्राण्ड फिनालेबाट चिना श्रेष्ठले ‘भिवर्स च्वाइस’को उपाधि हात पारेकी छन् । बिजेताहरुले भारतको ‘सारेगमप लिटिल च्याम्प्स’मा फर्स्ट रनरअप भएका बाल गायक प्रीतम आचार्यको स्वरमा रहेको हिन्दी गीतमा फिचर्ड हुने मौका पाउने छन् भने आयोजक कम्पनीबाट निर्माण हुने फिल्म ‘प्रधान द लिडर’ मा अभिनयको मौका पाउने छन् ।ग्राण्ड फिनाले कार्यक्रममा बिर्तामोड मेयर पवित्रा महरा प्रसाईंको प्रमुख आतिथ्यता थियो । निर्णायक मण्डलमा नेपाल चलचित्रकर्मी महासंघ प्रदेश १ अध्यक्ष अरुण कुमार प्रधान, भारतिय डान्स रियालिटी शो ‘डान्स इन्डिया डान्स२०१०’ मा उत्कृष्ट १० सम्म पुग्न सफल नरेश वीर शिह र राठी केबुलका बजार प्रमुख सुरज दाहल थिए ।
यस्तै साइमन फिल्मसले नै आयोजना गर्ने फिल्म अवार्ड ‘फ्लायर्स फिल्म अवार्ड’मा आफ्नो प्रस्तुती देखाउने मौका पाउने कार्यक्रम निर्देशक साइमन राजवंशीले बताए ।
ग्राण्ड फिनालेबाट सवटाइटल समेत वितरण गरिएको छ । आरोही रायमाझीले ‘बेस्ट स्माइल’, इस्मिका थापाले ‘मोस्ट क्युट’, रिया बस्नेतले ‘मोस्ट डिसिप्लेन’, जेविका राजबंशीले ‘मिस बोब्ली’, मिकफुङ लिम्बुले ‘मोस्ट क्युरियस’, कृषला चापागाईंले ‘मोस्ट कन्फिडेन्ट’, रिचल चौधरीले ‘मोस्ट ओबिडियन्ट’, दिप्सना बराइलीले ‘मोस्ट स्टाईल’, रोसेली शर्माले ‘मोस्ट कृयटिभ’, सुलभ ढुंगेलले ‘मोस्ट फ्रेन्ड्ली’, हसना अलि मगरले ‘मोस्ट फोटोजेनिक’, आरशी कार्कीले ‘मोस्ट चार्मिङ’, चिना श्रेष्ठले ‘बेस्ट पर्सनालिटीञ, एकता ढकालले ‘मोस्ट ट्यालेन्ट’, सन्ध्या राजबंशीले ‘मोस्ट इन्टेल्याक्चुल’ र इसान मुखियाले ‘बेस्ट पफर्मर’को सव टाइटल जितेका छन् ।
१६ जना बालबालिकाबीच गराइएको प्रतिस्पर्धाको कोरियोग्राफी आशिमा दुतराजले गरेकी थिइन् भने कार्यक्रमको ब्यवस्थापन रविना राजबंशीले गरेकी हुन् ।