काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पाँचदलीय गठबन्धन जोगाउन नसक्नुमा कांग्रेसको कमजोरी र नेकपा माओवादी केन्द्रको बेइमानी भएको बताएका छन् ।

नेपाल लिटरेचर फेस्टिभलमा सहभागी हुन पोखरा पुगेका महामन्त्री थापाले निर्वाचनमा तालमेल गरेका दलहरुले पाँच वर्षसम्म आफ्नो धर्म निर्वाह गर्नुपर्ने भए पनि त्यसो हुन नसकेको बताए ।

नयाँ सरकार गठनका लागि कांग्रेसले संस्थागत निर्णय नगर्नु नै कमजोरी भएको र आफूसहित दुई महामन्त्रीलाई बैठकमा नबोलाउनु पार्टी सभापति र अन्य नेताहरुको गल्ती भएको उनको दाबी छ ।

महामन्त्री थापाले अब कांग्रेस प्रतिपक्षमा बसेर जनताप्रति उत्तरदायी बन्नुपर्ने धारणा राखे ।

यसैबीच कांग्रेस नेता शेखर कोइरालाले नेतृत्वले गरेको गल्तीका कारण कांग्रेसलाई धोका भएका बताएका छन् ।

सोमबार साँझ विज्ञप्ति जारी गर्दै उनले माओवादीको सत्तारोहण अराजनीतिक र अराजक भएको टिप्पणी पनि गरेका छन् ।

42
Shares
१२ पुष २०७९, मंगलवार ०६:३७