विराटनगरका लागि नेपाली राष्ट्रिय टिमका कप्तान रोहित पौडेलले २९ बलमा तीन चौका र एक छक्कासहित ३२ रन जोडेका थिए। यस्तै, शिकन्दर राजाले १८ बलमा दुई चौका र चार छक्कासहित सर्वाधिक ३८ रन बनाउँदा हसेन तलतले २८ रनको योगदान गरे।
ओपनर अर्जुन साउदले १८ रनबाहेक अन्य ब्याटरले उल्लेख्य प्रदर्शन गरेनन्। जनकपुरका लागि ललितले चार ओभरमा आठ रन खर्चेर एक मेडनसहित सर्वाधिक पाँच विकेट लिए।यस्तै, आदिल आलम र केसरिक विलियम्सले दुई-दुई तथा सोमपाल कामीले १ विकेट लिए।
पहिलो खेलमा जनकपुरले पोखरा एभेन्जर्सलाई पाँच विकेटले हराएको थियो। यस्तै विराटनगगर लुम्बिनी अल स्टार्ससँग २ रनले पराजित भएको थियो।