राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार संविधानको धारा ७६ (२) बमोजिम प्रचण्डलाई प्रधानमन्त्रीमा नियुक्त गरेकी हुन्। प्रचण्ड तेस्रो पटक प्रधानमन्त्री बनेका हुन्।
यससँगै उनी नेपालका ४४ औँ प्रधानमन्त्री बनेका छन्। उनलाई नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपा, जनता समाजवादी पार्टी, जनमत पार्टी र राष्ट्रिय उन्मुक्ति पार्टीको समर्थन छ।साथै तीन जना स्वतन्त्र सांसदहरुले पनि उनलाई समर्थन गरेका छन्। स्वतन्त्र सांसदहरु अमरेशकुमार सिंह, प्रभू शाह र किरण कुमार यादवले समर्थन गरेका हुन्। स्वतन्त्रसहित १६९ जना सांसदको समर्थन उनलाई छ।
राष्ट्रपति कार्यालयका अनुसार सोमबार अपराह्न ४ बजे उनको शपथ तय गरिएको छ।