विराटनगरको सामाजिक संस्था ‘साना पाइला’ ले उनलाई पत्रकारिता र समाजसेवामा सक्रिय रहेकामा प्रशंसापत्र प्रदान गर्दै सम्मान गरेको हो ।
मोरङको धनपालथान गाँउपालिकाकाको ७ नं वडामा रहेका रिसिदेव बस्तीमा स्थानीय रामधारी रिसिदेवले सो ठाउँका विद्यार्थीहरुलाई निःशुल्क रुपमा पढाउँदै गरेको रिपोर्टिङ गरेका थिए ।रामधारी दैनिक रुपमा ज्याला मजदुरी गर्छन् । दैनिकी ५०० देखि ६०० रुपैयाँ कमाएर जिविकोपार्जन गरे पनि , निःशुल्क रुपमा बिहान बेलुकी बिद्यार्थीहरुलाई पढाउँदै आएका छन् ।
अँध्यारो कोठामा सिमेन्टको बोरा आछ्याएर विद्यार्थीहरु उनीसँगै पढ्दै आएका थिए ।पत्रकार दासले लाइभ न्यूज रफतार अनलाइनमा रिपोर्टिङ गरेपछि त्यहाँ सहयोग जुटेको थियो ।
सम्मानित भएपछि सोनुले समाजप्रतिको जिम्मेवारी अझ बढेको बताए ।