काठमाडौं । नेपालको निजी विमान सेवा बुद्ध एयरका अध्यक्ष सुरेन्द्रबहादुर बस्नेतको ९३ वर्षको उमेरमा निधन भएको छ ।

उनको आइतबार बिहान निधन भएको पारिवारिक स्रोतले जनाएको छ। बस्नेतको जन्मथलो भोजपुरको दिंगलास्थित साल्मा हो ।

उनले भारतको बनारसबाट एलएलबीसम्मको अध्ययन पूरा गरेका थिए। उनी नेपाल बार एसोसिएसनको संस्थापक सदस्य पनि थिए। उनले आफ्नो जीवनकालमा थुप्रै सरकारी जिम्मेवारी सम्हालेका थिए ।

सर्वोच्च अदालतको न्यायाधीश, निर्वाचन आयोगको प्रथम प्रमुख आयुक्त, कानुन, न्याय तथा शिक्षा मन्त्री -२०२४_, अर्थ, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री -२०२५_, नेपाल प्रेस काउन्सिलको संस्थापक अध्यक्षसमेत हुन्।

उनले ७० वर्षको उमेरमा बुद्ध एयर स्थापना गरेका थिए । बस्नेतका २ छोरा र १ छोरी छन् । हाल बुद्ध एयरको प्रबन्ध निर्देशकका रुपमा उनका जेठा छोरा वीरेन्द्रबहादुर बस्नेतले सम्हालिरहेका छन् ।
2.83k
Shares
१० पुष २०७९, आईतवार १०:२०