विराटनगर । मोरङको कटहरी गाउँपालिका–६ हुरहुरीयामा शनिबार राति मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।

प्रदेश १–०४–००१ प ८८८९ नम्बरको मोटरसाइकल राति ९ः५० बजेतिर अनियन्त्रित भएर दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।

मोरङ ट्राफिक प्रमुख प्रहरी निरीक्षक राजकुमार कार्कीका अनुसार दुर्घटनामा मोटरसाइकल चालक मोरङको धनपालथान गाउँपालिका–५ का ३५ वर्षीय सुरजकुमार सरदारको मृत्यु भएको हो ।

सिकिस्त घाइते भएका सरदारलाई उपचारका लागि विराटनगरको कोसी अस्पताल पुर्याउनसाथ चिकित्सकले मृत घोषित गरेका थिए ।

शव पोस्टमार्टमका लागि कोसी अस्पतालमै राखिएको छ । मृतकको साथमा सवारी चालक अनुमति पत्र (लाइसेन्स) लगायतका कागजात फेला नपरेको प्रहरीले जनाएको छ ।
28
Shares
१० पुष २०७९, आईतवार ०९:३९