विराटनगर । विराटनगरबाट लागूऔषध गाँजा ५ किलोग्रामसहित स्कुटर चालकलाई प्रहरीले शनिबार साँझ पक्राउ गरेको छ ।

विराटनगर महानगरपालिका–११ का २८ वर्षीय गोरे भनिने अस्मन राईलाई पक्राउ गरिएको मोरङ प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय मोरङबाट सादा पोसाकमा खटिएको प्रहरी टोलीले राईलाई विराटनगर–४ स्थित एयरपोर्ट नहरबाट पक्राउ गरेको हो ।

राईले चलाइरहेको को ३८ प ७९५१ नम्बरको स्कुटरलाई प्रहरीले साँझ ५ बजेतिर नियन्त्रणमा लिएको थियो । जाँच गर्दा ५ किलोग्राम गाँजा बरामद भएको हो । राईविरुद्ध भने लागूऔषध ऐनअन्तर्गतको मुद्दा चलाइने प्रहरीले जनाएको छ ।

112
Shares
१० पुष २०७९, आईतवार ०९:३५