विराटनगर । विराटनगर–१४ स्थित डिग्री कलेजको मैदानमा आयोजित विराट एक्स्पो आइतबार समापन हुँदैछ । एक्स्पो मंसिर २९ गते राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गरेसँगै सुरु भएको थियो ।

पुस ६ गतेसम्म गर्ने भनिएको एक्स्पोको अवधि बढाएर उद्योगी, व्यवासयी तथा एक्स्पो अवलोकनकर्ताको चाहनाअनुसार पुस १० गतेसम्म पुर्याइएको हो ।

समापनका अवसरमा प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राई प्रमुख अतिथिका रुपमा सहभागी हुने भएका छन् ।

समापन अवसरमा उद्योगी, व्यवसायी, एक्स्पोमा सहभागी नेपाल र विदेशका व्यवसायीका साथै सर्वसाधारणको सहभागिता हुने भएको छ ।

एक्स्पो अवधिभर दिउँसो किनमेल र अवलोकन गर्नेको संख्या उल्लेख्य रहँदै आएको छ । यस्तै साँझ आयोजना हुने साँगीतिक कार्यक्रममा युवायुवती भीड लाग्ने गरेको छ ।

एक्स्पोको अन्तिम दिन आइतबार ‘कबवेब ब्याण्ड’को प्रस्तुति रहने आयोजकले जनाएको छ ।

एक्पोमा अवलोकनकर्ताहरुको सहजताका लागि दुहबी, निमुवा, कञ्चनबारी हुँदै एक्स्पो स्थल, पुष्पलाल चोक, तीनपैनी, मेनरोड हुँदै एस्क्पो स्थल, कटहरी, देवकोटा चोक हुँदै एक्स्पो स्थल तथा जोगबनीबाट एक्स्पो स्थलसम्म आउन जानका लागि सटल (निःशुल्क) बसको व्यवस्था गरिएको थियो ।

63
Shares
१० पुष २०७९, आईतवार ०८:२२