काठमाडौं । फिल्म ‘गुञ्जन’ को ट्रेलर सार्वजनिक भएको छ । एक मिनेट ४५ सेकेन्डको ट्रेलरमा फिल्मका तीन मुख्य कलाकार सारा सिर्पाली, प्रितमराज सेन्चुरी र कबिर खड्कालाई देख्न सकिन्छ ।

अष्ट महर्जनको निर्देशनमा बनेको फिल्ममा सारा, प्रितम, करिबसँगै सरोज खनाल, हिउँवाला गौतम, रोहन शाही, निरुता स्याङतान, कन्चन चालिसे, सुस्मिता बराल, इभा श्रेष्ठ, अमोद भट्ट, आइपी आचार्य, ऋचा शर्मा, अमेश न्यौपाने लगायतका कलाकारको अभिनय रहेको छ ।

हिराकृष्ण शाहीको प्रस्तुति र सुनिता शाही निर्माता रहेको फिल्म एएच इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको हो ।
21
Shares
१० पुष २०७९, आईतवार ०८:१७