धनकुटा । एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले सत्तारुढ गठबन्धन कायम रहेसम्म एमाले सरकार बनाउने खेलमा सहभागी नहुने बताएका छन् ।

प्रेस चौतारीधनकुटाले शनिबार आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले यस्तो बताएका हुन् । गठबन्धन तोडेर कांग्रेस र माओवादी केन्द्र आए छलफल गर्न सकिने उनले बताए ।

पोखरेलले अहिलेको गठबन्धन लोकतन्त्र, मुलुकको हितमा नरहेकोले नेकपा एमाले सरकार बनाउने खेलमा नरहेको बताए ।

निर्वाचनमा जनताले नेकपा एमालेलाई सरकारमा जाने जनादेश नदिएको र जनताले दिएको जनादेशलाई सम्मानका साथ लिएर अघि बढ्ने बताए ।

7
Shares
९ पुष २०७९, शनिबार १७:४९